आज गाई र गोरुको पूजाआजा गरी तिहार मनाइँदै
प्रकाशित मिति
२०७६ कार्तिक ११ गते, सोमबार ०९:५२
काठमाडौं, तिहारको चौथो दिन आज गाई र गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । आज कृषकको जमिन जोत्न र गाडा तान्न सहयोग गरेकाले विभिन्न परिकार गोरुलाई खुवाउने र पूजा गर्ने परम्परा छ । गाई, गोरुको पूजा गरी अनुकुलको पदार्थ खुवाउने र खुल्ला छोडिदिने चलन छ ।
स्थानीय गाईको दूध बालकदेखि वृद्धसम्मका लागि उपयोगी मानिन्छ । दूधबाट बन्ने दही र घ्यु पनि पोषिला हुन्छन् । गोबर र गहुँतमा असाध्य रोग निको हुने औषधीय गुण हुने बताइन्छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।
लक्ष्मीको स्वरूप औंसीकै दिन गाईपूजा गर्ने चलन भए पनि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा उपयुक्त हुने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यसैगरी नेवार समुदायले आज आफ्नो शरीरलाई पुजा गरी म्हपुजा मनाउँदै छन् । आत्मा सन्तुष्ट भए देवता खुशी हुन्छन् र सबै काम फलिफाप हुन्छ भन्ने विश्वासका साथ म्हः पूजा गरिँदै आएको छ ।






प्रतिकृया