एन आई सी एशिया बैंक र वल्र्डलिङ्कबीच डिजिटल भुक्तानीमा सम्झौता
प्रकाशित मिति
२०७६ कार्तिक १ गते, शुक्रबार ०३:३३
काठमाडौँ, एन आई सी एशिया बैंक र वल्र्डलिङ्क कम्युनिकेसन्स् लि. बीच डिजिटल भुक्तानी गर्ने सम्झौता भएको छ ।
सो सम्झौता बमोजिम एन आई सी एशिया बैंकका ग्राहकहरुले २०७६ आश्विन ३० देखि २०७६ कात्र्तिक १६ गते (छठ पर्व) सम्म वल्र्डलिङ्कको इन्टरनेट बिल, मोबाइल बैकिङ्ग र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रु ३०० सम्म क्यास ब्याक प्राप्त गर्न सकिने भएको छ । वल्र्डलिङ्कका ग्राहकहरुले कुनै पनि बैंकको मोबाइल बैकिङ्ग र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी वल्र्डलिङ्कका कुनै पनि आउटलेट तथा शाखाहरुबाट इन्टरनेटको बिल सहज रुपमा भुक्तानी गर्न सकिने भएको छ ।
सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र वल्र्ड लिङ्क लि.को तर्फबाट वल्र्डलिङ्कका प्रमुख वित्त अधिकृत संजय कुमार साहले हस्ताक्षर गर्नुभएको जनाकारी दिइएको छ ।







प्रतिकृया