• ४ असोज २०८३, आइतबार
  • ८ः३५ बिहान

कांग्रेसको प्रशिक्षण आजदेखि भक्तपुरमा सुरु, सरकारले कांग्रेसका नेता तथा कार्यकर्तालाई झुठो मुद्दा लगाएर दुख दिन थाल्योः सभापति देउवा

प्रकाशित मिति

२०७६ कार्तिक १ गते, शुक्रबार ०३:२३

भक्तपुर । नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आजदेखि भक्तपुरको बोडेमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले कांग्रेसका नेता तथा कार्यकर्तालाई दुख दिने नियत राखेको बताउनुभयो ।उहाँले सरकारले कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई प्रहरी लगाएर पक्राउ गरी षडयन्त्र सुरु गरेको बताउनुभयो ।उहाँले भन्नुभयो,“१२ बर्ष अघिको मुद्दालाई लिएर आलम माथि सरकारले अहिले झुठो मुद्दा लगायो,यत्तिका लामो समयसम्म के हेरेर बसेको थियो ।”

National Life

यस बिचमा कुरा नउठाउने अहिले आएर पक्राउ गर्ने यसबाट कुरा प्रष्ट हुन्छ कि सरकारको दुख दिने नियत प्रष्ट छ उहाँले भन्नुभयो,तर ढिलोचाँडो साथीहरुले न्याय पाउने बिश्वास छ । सभापति देउवाले दुईतिहाईको आडमा सरकार निरंकुश बन्दै गएको बताउनु भयो ।

Classic Tech Mobile
Classic Tech Desktop

देश र जनताको सेवामा लाग्नु पर्ने सेना,प्रहरी,कर्मचारीलाई सरकारले पार्टीको गुलाम जस्तो बनाउन खोजेको उहाँको आरोप थियो ।
उहाँले जनताको करबाट तलब खाएर कुनै पार्टीको वकालत गर्न नहुने बताउँदै यदि गरे त्यस्ता कर्मचारीलाई एक एक गरेर हिसाब गर्ने बताउनुभयो । नेकपाले निर्वाचनमा दुई तिहाई ल्याएर सरकार बनाएको हो,कम्युनिष्ट राज्य होईन यदि सरकार थप निरंकुश बन्दै गए आन्दोलन गरेर लखेट्नुपर्ने उहाँको भनाई थियो ।

सरकारले संबिधानलाई मिच्दै जनताका हक अधिकार कुण्ठित गर्दै गए संसदमा संर्घषरत प्रमुख प्रतिपक्षी दल कांग्रेस सडकमा समेत संघर्ष गर्न बाध्य हुने बताउनुभयो । उहाँले कांग्रेसबाट बिजयी जनप्रतिनिधिलाई जनताको मनजित्ने गरी राम्रो काम गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको बताउँदै उहाँले कांग्रेसलाई लोकतन्त्र माथिको हस्तक्षेप अस्वीकार्य रहेको उल्लेख गर्नुभयो । पौडेलले कांंग्रेस बिकल्पको रुपमा उदाउन नसके तानशाहको हातमा मुलुक पुग्ने बताउनुभयो ।

कार्यक्रममा उपसभापति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख बिमलेन्द्र निधिले कांग्रेसले आसन्न उपनिर्वाचन जसरी पनि जित्नुपर्ने बताउँदै पार्टी एक हुनु जरुरी रहेको बताउनुभयो ।

महामन्त्री डा शशांक कोईरालाले सरकार जनताका स्वतन्त्र सँस्थाहरुको अधिकार खोस्ने पक्षमा देखिएको आरोप लगाउँदै मुलुकलाई समृद्ध बनाउन सरकारमा कांग्रेसको अभाव खड्किएकोले आन्तरिक एकताका साथ कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेता कृष्णप्रसाद सिटौलाले पार्टीका नेता तथा कार्यकर्ताले बिगतका कमजोरी सच्च्याएर र पार्टीमा सन्तुलन कायम गरेर राज्यका सबै निकायलाई कब्जा गर्ने सरकारको कदममा खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले नेकपाका नेताहरुले ब्यबहारमा मिठो मसिनो बोल्ने गरे पनि ब्यबहारमा एकएक गरेर कांग्रेसलाई फसाउन खोजेको आरोप लगाउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य सीता गुरुङ,भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, गाउँपालिका बिकास समिकिा महासचिब बंशलाल लामा लगायतले लोकतन्त्रमाथि चुनौतिपुर्ण अबस्था आएको भन्दै त्यस बिरुद्ध संघर्षका लागि तयार रहनुपर्नेमा जोड दिनुभयो ।

काङ्ग्रेसले पार्टीबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका काङ्गे्रसका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका लागि प्रशिक्षण कार्यक्रम गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय सचिव मुक्ति आचार्यका अनुसार प्रशिक्षणमा देशभरबाट ४ सय भन्दा बढीको सहभागिता रहेको छ । प्रशिक्षण कार्यक्रम भोलीसम्म संचालन हुने छ ।

प्रतिकृया