• ६ असोज २०८३, मंगलबार
  • १०ः२० बिहान

जसले रोक्न खोज्दैछ अन्तिममा उ नै खरानी हुनेछ: विप्लवको प्रेस विज्ञप्ति

प्रकाशित मिति

२०७६ कार्तिक १ गते, शुक्रबार ०२:१३

काठमाडौं, आफ्नो नेता तथा कार्यकर्ताहरु पक्राउ गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले सरकारलाई कडा चेतावनी दिदै विहीबार प्रेस विज्ञप्ती निकालेको छ ।

National Life

राजनीतिक प्रशिक्षण भैरहेको ठाउँबाट आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गर्नु सामाजिक फासीवादी कार्य भएको भन्दै उनले सरकारको कडा निन्दा गरेका हुन्। आफ्ना नेता तथा कार्यकर्तामाथि भएको सरकारी दमनको कडा प्रतिरोध गर्ने पनि उनको चेतावनी छ ।

उनले आफूहरुको वैज्ञानिक समाजवादमा पुग्ने यात्रामा कसैले पनि रोक्न नसक्ने ठोकुवा गरेका छन् । उनले चेतावनी दिँदै भनेका छन्,‘जसले रोक्न खोज्दैछ अन्तिममा उ नै खरानी हुनेछ । एकीकृत जनक्रान्ति विजयी भैरहनेछ ।’

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया