• ४ असोज २०८३, आइतबार
  • ९ः४४ राती

कांग्रेसको राष्ट्रिय जागरण अभियान दोस्रो चरणको समापन

प्रकाशित मिति

२०७६ आश्विन ७ गते, मंगलवार ०७:१७

भक्तपुर,७ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री अम्बिका बस्नेतले सरकारले जनअपेक्षा अनुसार मुलुकलाई सही दिशा दिन नसकेको बताउनुभएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले आज आयोजना गरेको राष्ट्रिय जागरण अभियान दोस्रो चरणको समापन तथा बिरोध कार्यक्रम बोल्दै उहाँले सरकारको गतिविधि संघियता विरोधी भएको र सरकारले काम गर्ने ठोस योजना पनि प्रस्तुत गर्न नसकेको दाबी गर्नुभयो ।
शान्ति सुव्यवस्था कायम हुनुको बदला मुलुकमा हत्या, हिँसा, बलात्कार, भ्रष्टाचारका घटना बृद्धि भएको उहाँको भनाई थियो ।
नेता बस्नेतले वर्तमान सरकारका गलत कामको विरोध गर्नुपर्ने बेलामा आन्तरिक कलहमा नफसी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

National Life


चुनावको बेलामा देशलाई आर्थिक समृद्ध दिने घोषणा गरेको कम्युनिष्ट सरकारले अहिले जनतालाई करको भार थोपार्नु बाहेक अन्य कुनै महत्वपुर्ण काम गर्न नसकेको आरोप लगाउनुभयो ।
जहिले कांग्रेस कमजोर भयो तहिले लोकतन्त्र कमजोर भएको बताउँदै पार्टीलाई बलियो बनाउन विधान सम्मत जानुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेलले जागरण अभियानले पार्टीलाई एक ढिक्का पार्न र जनसमुदायमा घुलमिल हुन बल पुगेको बताउनुभयो ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय प्रतिनिधि कन्चनचन्द्र बादे,लोकेश ढकाल,होमराज दाहाल,समिता खड्गी ,नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा , तरुण दलका पुर्व अध्यक्ष बिनोद कायस्थ,जिल्ला सचिब निशान ढुंगेल,कोषाध्यक्ष बिजेश अवाल ,क्षेत्र नं.१ का सभापति जीवन खत्री,,२ का सभापति नारायाणभक्त खायमली लगायतले कांग्रेस गुट उपगुट नभनी एकजुट भएर अघि बढे कसैले पराजित गर्न नसक्नेमा जोड दिनुभयो ।
कांग्रेसले महँगी,भ्रष्टाचार,महिला हिंसा,बलात्कार,हत्या,अलोकतान्त्रिक बिधेयक,कम्युनिष्ट सरकारको कुशासन र स्थानीय सरकारले बढाएका अत्याधिक कर र शुल्कका बिरुद्ध बिरोध सभाको आयोजना गरेको जनाएको छ ।

प्रतिकृया