• १८ भदौ २०८३, बिहीबार
  • ६ः४४ बेलुका

सि जिङपिङको विचारप्रति आकर्षण

प्रकाशित मिति

२०७६ आश्विन ७ गते, मंगलवार १०:०६

रिपोर्टर्स नेपाल, नेपाल कम्युनिष्ट पार्टी्भित्र सि जिङपिङको विचारप्रतिको आकर्षण बढेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका राष्ट्रपति जिङपिङको प्रशंशा अध्यक्षहरु केपी शर्मा ओली र प्रचण्ड दुवैले गरेका छन् । पूर्व एमालेहरु जनताको बुदलीय जनवाद र पूर्व माओवादीहरुले जनवादी विचारधारा अंगिकार गरिरहँदा सि जिङपिङको विचार मिलनबिन्दु हुनसक्ने तर्फ बहस चलेको छ । एकीकरणपछि दुवै पार्टीको विचार र सिद्धान्त महाधिवेशनले तय गर्ने सहमति भइसक्दा सि जिङपिङको विचार अंगिकार गर्न सक्ने सम्भावनाहरु देखिएका छन् । यसैलाई मध्यनजर गरेर चिनियाँ कम्युनिष्ट पार्टीका नेतासहित ४० जना नेकपा नेताहरुलाई प्रशिक्षण दिन आएका छन् ।
१. चिनियाँ विशेषतासँगै माक्र्सवाद, साम्यवाद र समाजवादसहितको समाजवादी मूल मान्यताको अभ्यास गर्ने

२. जनता देशका मासिक हुन् भन्ने मान्यताका साथ चिनियाँ विशेषताको समाजवाद पालना गर्ने

Kamana Sewa

३. चिनियाँ कम्युनिष्ट पार्टीमा अनुशासनलाई मजबुत बनाउने

Classic Tech Desktop

४. चीनको सबै क्षेत्रको कामहरुमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व सुनिश्चित गर्ने

५. चिनियाँ कम्युनिष्ट पार्टीले सार्वजनिक स्वार्थ अनुरुप जनता केन्द्रित अवधारणा लागू गर्नुपर्ने

६. समग्र रुपान्तरणलाई निरन्तरता दिने

७. नयाँ विज्ञानको आधारको अवधारणा अनुरुप साझा, सहयोगी, हरित, खुल्ला र अन्वेषणात्मक विकास लागू गर्ने

८. कानुनी शासन मजबुत गर्दै चीनलाई संचालन गर्ने

९. राष्ट्रिय सुरक्षा मजबुत बनाउने

१०. चिनियाँ जनमुक्ति सेनामा चिनियाँ कम्युनिष्ट पार्टीको पूर्ण नेतृत्व रहनुपर्ने

११. एक देश दुई प्रणाली अन्र्तगत पूर्ण राष्ट्रिय एकता र एक चीन नीतिलाई अगाडि बढाउने ।

१२ चिनियाँ जनता र विश्वभरका जनतामाझ शान्तिपूर्ण अन्तर्रा्ष्ट्रिय वातावरण निर्माणका लागि साझा गन्तव्य स्थापित गर्ने

१३. चिनियाँ जनताको जीवनशैलीको विकास गर्ने

१४. विश्वभरको जैविक सुरक्षाका लागि प्रकृतिलाई वातावरण सुरक्षा र ऊर्जा संरक्षणका हेतु साथ साथ लाने

प्रतिकृया