• ४ असोज २०८३, आइतबार
  • ५ः५९ बिहान

निर्माण हुँदै बारपाक भूकम्प स्मृति स्तम्भ

प्रकाशित मिति

२०७६ भाद्र ३० गते, सोमबार १०:०७

काठमाडौंः चार वर्षअघि वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी जीवन गुमाएकाहरूको स्मरणका लागि गोरखाको बारपाकमा बन्दै गरेको स्तम्भ निर्माण लगभग आधा सकिएको छ । ‘बारपाक भूकम्प स्मृति स्तम्भ’ नाम दिइएको यस स्मारकको निर्माण सोचेअनुसार अगाडि नबढे पनि अहिलेसम्म ५० प्रतिशत निर्माण पूरा भएको राष्ट्रिय पुनः निर्माण प्राधिकरणले जनाएको छ ।

National Life

पुनः निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ, गोरखाका प्रमुख सुनिता श्रेष्ठले राष्ट्रले भोगेको भूकम्पको सो दुःखद घडी र भूकम्पमा ज्यान गुमाउनेको सम्झनामा स्तम्भ बन्न लागेको बताए ।
गोरखापत्र दैनिकबाट साभार

प्रतिकृया