• ६ असोज २०८३, मंगलबार
  • ४ः५७ बिहान

पहिरोले दुई सवारी साधन पुरिदा एकको मृत्यु, ६ जना घाइते

प्रकाशित मिति

२०७६ भाद्र २७ गते, शुक्रबार ११:५५

पाल्पा, सिद्धार्थ राजमार्गको तिनाउ गाउापालिका २, दोभान नागथान नजिकै माथिबाट खसेको पहिरोले दुई वटा सवारी साधन पुरेको छ । पाल्पाबाट बुटवल हिडेको लु २ च ५९३८ स्कारपियो र बुटवलबाट पाल्पातर्फ आउदै गरेको लु १ ज २६१७ नम्बरको जिप पुरिएको हो ।

National Life

घटनामा परि जीपका चालक कमल परियारको मृत्यु भएको छ भन ६ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि लुम्बिनी अस्पताल बुटवलतर्फ लगिएको छ । पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग सवारी संचालनका लागि प्रयास थालिएको दोभान प्रहरी चौकीले जनाएको छ । विस्तृत विवरण भने आउन बाँकी छ ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया