• ४ असोज २०८३, आइतबार
  • १२ः०७ दिउँसो

नेपाल वायुसेवाको विश्वसनीयता खस्किँदैः १० आन्तरिक उडान २ मात्र सफल

प्रकाशित मिति

२०७६ भाद्र २७ गते, शुक्रबार ०७:२७

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवाले प्रभावकारीरूपमा सेवा प्रभाव गरोस् भन्ने नेपालीको कामना पूरा हुन सकिरहेको छैन । हिजै बिहीबार मात्र तालिकाअनुसार १० स्थानमा घरेलु उडान हुनुपर्नेमा दुई थान मात्र सफल भएको छ । उडान सफल भएका दुई सेवामा बिहान ७।३० बजे ५० यात्रु लिएर काठमाडौंबाट विराटनगर गएको एमए ६० र यसअघि ६।३० बजे १४ यात्रु लिएर ट्युनेटर भोजपुरका लागि उडेको थियो । अरू सबै उडान रद्द गरिएका थिए । धनगढी जाने ५२, उताबाट काठमाडौं आउने ४० र दाङ जाने २४ यात्रु एनएको उडान रद्द भएपछि विकल्प खोज्न बाध्य भएका थिए ।

National Life

अहिले अन्तराष्ट्रिय उडानका लागि भनिएका चार र घरेलु उडानका लागि प्रयोगमा ल्याइएका आठ गरी कुल १२ विमान नेपाल वायु सेवा निगमसँग छन् ।

‘डोमेस्टिक उडानमा रहेका मध्ये १९ सिट क्षमता ९वाई १२ ई० का चारमध्ये दुई ग्राउन्डेड छन्, ५८ सिट क्षमता ९एमए ६०० का दुईमध्ये एक ग्राउन्डेड छन्, अरू चलिरहेका छन्’, नेपाल वायु सेवा निगमका सहप्रवक्ता सुलेख मिश्रले भन्नुभयो– ‘क्यानेडियन दुईवटा ट्युनेटरमध्ये एउटा लामो समयदेखि ग्राउन्डेड छ भने अर्को चालु अवस्थामा छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्राविधिक खराबीका कारण लामो समयदेखि थन्किएर बसेका विमान समयमै मर्मत गर्न नसकिएको समस्यालाई नेपाल वायु सेवाले पनि महसुस गरेको छ ।
नेपाल समाचारपत्रबाट साभार

प्रतिकृया