• ४ असोज २०८३, आइतबार
  • १ः०९ राती

आज राष्ट्रिय सभामा ४ वटा विधेयक पेश हुने

प्रकाशित मिति

२०७६ भाद्र २६ गते, बिहीबार ०७:४४

काठमाडौं । राष्ट्रिय सभामा आज चारवटा विधेयक पेश हुने भएको छ । सभाको बिहीबारको कार्यसूचीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण, विज्ञापन नियमन गर्ने विधेयक, वातावरण संरक्षण विधेयक र वन विधेयक पेश हुने छ ।
गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधि सभाबाट प्राप्त सन्देश सहित परिचयपत्र तथा पञ्जिकरण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभामा राख्नेछन् ।

National Life

त्यस्तै विज्ञापन नियमनसम्बन्धि प्रथिनिधिसभाले गरेकने संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव राख्ने बैठकको कार्यसूची छ । विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित वातावरण संरक्षण विधेयक र वन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्तावमाथि पनि बैठकमा छलफल हुने कार्यसूची रहेको छ ।

प्रतिकृया