चन्द्रयान २ चन्द्रमाको सतहमा पुग्न असफल, भारतले इतिहास रच्न सकेन
प्रकाशित मिति
२०७६ भाद्र २१ गते, शनिबार ०६:३१

काठमाडौं । भारतले अन्तरिक्षमा इतिहास राख्नु अघि नै सम्पर्क टुटेको छ । इतिहास रच्नु केही समयअगाडि मात्र चन्द्रयान २ को ल्यान्डर विक्रमको ल्यान्डिङ भन्दा ६९ सेकेन्ड पहिले नै पृथ्वीसंग सम्पर्क टुटेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा ल्यान्डर विक्रमको शनिबार बिहान नेपाली समय अनुसार २ः१० बजे ल्यान्डिङ हुनुपर्ने थियो ।
यो समय बितेपछि पनि ल्यान्डर विक्रमको स्थिति पत्ता लगाउन सकिएको छैन । इसरोका प्रमुख डा के सिवनले ल्यान्डर विक्रमको ल्यान्डिङ प्रक्रिया एकदम ठीक भए पनि चन्द्रमाको दक्षिणी ध्रुबको सतहदेखि २.१ किलोमिटर टाढा रहेको अवस्थामा पृथ्वीसंग सम्पर्क टुटेको प्रतिक्रिया दिए । उनले आर्बिटरबाट प्राप्त तथ्याङ्कहरु विश्लेषण गरिरहेको जनाएका छन् । यदि उसको ल्यान्डिङ भएको भए बिहान ५ः३४ देखि बिहान ६ बजेसम्म तस्वीर लिने थियो ।
प्रतिकृया