• ५ असोज २०८३, सोमबार
  • १०ः४२ बिहान

अब ई–पासपोर्ट

प्रकाशित मिति

२०७६ भाद्र १९ गते, बिहीबार ०७:५९

परराष्ट्र मन्त्रालयले आगामी असारभित्र पहिलो चरणको विद्युतीय राहदानी ९ई–पासपर्ट० वितरण थाल्ने योजनासहित ५० लाख ई–पासपोर्ट छपाईका लागि प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयको राहदानी महाशाखाले ४५ दिन अवधि तोकेर गत साता अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिसकेको छ ।
एक वर्षपछि मेसिन रिडेबल पासपोर्ट९एमआरपी० नवीकरण गर्न वा नयाँ लिन पनि ई–पासपोर्ट पद्धतिमै जानुपर्ने हुन्छ ।

National Life

राहदानी महासाखाका निर्देशक एवं सूचना अधिकारी तीर्थराज अर्यालका अनुसार पासपोर्टभित्रै औंठाछाप, पोटो तथा व्यक्तिगत विवरणसहितको चिप्स राखिनेछ । अन्य कतिपय मुलुकमा भने आँखाको रेटिनाजस्ता जैविक पहिचानसहितको ‘चिप्स’ प्रयोग गर्ने गरेका छन् ।
‘अहिले जारी भएको एमआरपीले फोटो रिड गर्न नसक्ने भएकाले व्यक्तिगत पहिचान झुक्कीन सक्ने सम्भावना रहन्छ ।’ अर्यालले कान्तिपुरसँग भने,‘ई–पासपार्ट चिप्समा रहेको फोटोमार्फत मुहार पहिचान प्रविधिनबाट विश्वसनीय तरिकाले व्यक्ति पहिचान गर्न सकिन्छ ।’
(देवेन्द्र भट्टराई)
कान्तिपुर दैनिकबाट साभार

प्रतिकृया