• ३ असोज २०८३, शनिबार
  • ३ः४३ दिउँसो

विमानस्थलका कर्मचारीले कार्यालय समयमा मोवाइल नचलाउन नदिइने मन्त्री भट्टराईको निर्देशन

प्रकाशित मिति

२०७६ भाद्र १५ गते, आईतवार ०१:२३

काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीहरुलाई कार्यालय समयमा मोबाइल नचलाउने निर्देशन दिनु भएको छ ।

National Life

आइतबार काठमाडौंमा ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुको सकारात्मक सोच’ विषयक प्रशिक्षण तालिमको उद्घाटन गर्दै मन्त्री भट्टराईले कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरुको तस्वीर आफूले संकलन गरेको उल्लेख गर्दै उनीहरुमाथि कारबाही गर्न विमानस्थल नेतृत्वलाई निर्देशन दिनुभएको छ ।

विमानस्थल मुलुकको इज्जतसँग जोडिएकाले कर्मचारीहरु बढी अनुशासित हुनुपर्ने बताउदै विमानस्थलका अनुशासनहीन कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन सीसी टिभी क्यामेराको थप व्यवस्था गर्ने योजना रहेको समेत बताउनुभयो

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्री भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायको छानबिनमा रहेका विमानस्थलका कर्मचारीलाई तत्काल हटाउने चेतावनीसमेत दिनुभयो ।

प्रतिकृया