प्रदेश २ का कृषि सहकारीमन्त्री साहद्धारा कोसीपीडितको मागको समर्थन
प्रकाशित मिति
२०७६ भाद्र ११ गते, बुधबार ०८:५१
राजविराज। पुल र बाँध निर्माणका क्रममा नेपाल भारतबीच भएको सम्झौताअनुसार मुआश्जा उपलब्ध गराउन माग गर्दै विगत १० दिनदेखि अनशनमा बसेका सप्तरी, सुनसरी र उदयपुरका कोसीपीडितका जायज मागप्रति प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले पनि समर्थन जनाउनु भएको छ । हिजो अनशनस्थल कोसी ब्यारेजमै पुग्नु भएको मन्त्री साहले कोसीपीडितका माग जायज रहेको भन्दै समर्थन जनाउनु भएको हो ।
उहाले प्रदेश सरकारले कोसी पीडितको माग पूरा गराउन आफ्नोस्तरबाट यसबारे संघीय सरकारसँग आवश्यक पहल गर्ने प्रतिबद्धता पनि जनाउनु भयो ।
नेपाल भारतबीच विस २०११ सालमा भएको सम्झौताअनुसार अझै मुआब्जा पाउन नसकेको भन्दै तीन बुँदे मागसहित उनीहरू साउन ३२ गतेदेखि सप्तकोसी ब्यारेजको कन्ट्रोल रुम नजिकै अनिश्चितकालीन रिले अनसनमा बसेका हुन् ।
Recent News
- सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
- प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया