• ४ असोज २०८३, आइतबार
  • ४ः५१ बिहान

जमिनदारको हितमा भूमि विधेयक

प्रकाशित मिति

२०७६ भाद्र १० गते, मंगलवार ०७:३१

सरकारले हदभन्दा बढी जग्गा ओगटने व्यवसायी लाभान्वित हुने गरी कानुन ल्याउन लागेको छ । विभिन्न उद्योग प्रतिष्ठान, कम्पनी र संस्थाका नाममा हदभन्दा बढी जग्गा ओगट्नेलाई प्रत्यक्ष फाइदा पुग्ने गरी कानुन संशोधन गर्न लागिएको हो ।

National Life

प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा विचाराधिन भूमिसम्बन्धी ९आठौं संशोधन० विधेयकमा एक पटकका लागि हदभन्दा बढी जग्गा राख्न पाउने र त्यस्तो जग्गा बिक्रीवितरण गर्न दिने प्रावधान छ ।

राष्ट्रिय सभाले विधेयक हुबहु पारित गरेमा घुमाउरो बाटोबाट जग्गा ओगट्दै आएका व्यवसायी तथा जमिनदार प्रत्यक्ष लाभान्वित हुनेछन् । लाभान्विन हुनेको संख्या पहाड र हिमालमा भन्दा तराईमा बढी छ ।
(कुलचन्द्र न्यौपाने)
यो समाचार कान्तिपुर दैनिकबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया