• १६ भदौ २०८३, बुधबार
  • २:०३ बेलुका

यी हुन् अनार खानुका १० फाइदा

प्रकाशित मिति

२०७६ भाद्र ९ गते, सोमबार ०५:४७

एन्टिअक्सिडेन्ट तथा पोलिफिनालको गुणले भरिपूर्ण अनार सबै किसिमले लाभदायक छ। यसलाई छोडाउन र खान केही झन्झट भए पनि यसको दानामा कोलस्ट्रोल कम गर्ने शक्ति हुन्छ।

१) अनारको नियमित सेवनले शरीरमा रगतको कमी हुन दिँदैन । साथै अनार मुटुका रोगीहरुका लागि समेत लाभदायी हुन्छ । नियमित अनारको जुस पिउँदा तन्दुरुस्ती प्राप्त हुनुका साथै रक्त सञ्चालन प्रक्रियालाई फाइदा गर्छ ।

Kamana Sewa

२)अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ ।

Classic Tech Desktop

३) अनार खाइरहने व्यक्तिलाई हृदयाघात र स्ट्रोकको जोखिम कम हुन्छ ।

४) अनारमा प्रशस्त मात्रामा आइरन हुने भएकाले रक्त अल्पता भएका बिरामीका लागि लाभदायक हुन्छ ।

५) अनारको नियमित सेवन गर्नाले प्रोस्ट्रेट क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।

६) अनारको नियमित सेवनले छाला चम्किलो बनाउन मद्दत गर्छ ।

७) अनारको नियमित सेवन गर्ने व्यक्तिलाई दाँतसम्बन्धी समस्या बाट छुटकारा मिल्छ ।

८) गर्भवती महिलालाई अनार खान दिने गर्नाले जन्मिने बच्चाको स्वास्थ्य राम्रो हुन्छ ।

९) बुढ्यौलीमा बिर्सिने समस्या भएका ब्यक्तिहरुले अनारको सेवन गर्नाले फाइदाजनक हुन्छ ।

१०) अनारको नियमित सेवनले यौनशक्ति बढाउन मद्दत गर्छ ।

प्रतिकृया