• ३ असोज २०८३, शनिबार
  • ५ः१५ बेलुका

दुई महिनापछि प्रदेश ३ को प्रदेशसभा बैठक आज

प्रकाशित मिति

२०७६ भाद्र ८ गते, आईतवार १०:३५

हेटौंडा, प्रदेश ३ को प्रदेशसभाको बैठक दुई महिनापछि आइतबार बस्ने भएको छ। ५९ दिनपछि आइतबार आज २ बजे बैठक बस्ने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ। बैठकमा विशेष समय लिएर मुख्यमन्त्री, प्रतिपक्ष दलका नेताहरुले बोल्ने सम्भावित कार्यसुुची रहेको सचिवालयले जनाएको छ ।

National Life

यस्तै, बैठकमा तीन वटा विधेयक र दुई वटा प्रतिवेदन पेश हुनेछ। संसदमा ‘सार्वजनिक निजी सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘प्रदेश सवारी ऐन संशोधन गर्न बनेको विधेयक’ र ‘प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी विधेयक’ पेश हुनेछ।

यस्तै, औद्योगिक व्यवसाय ऐनसम्बन्धी विधेयकको प्रतिवेदन र राष्ट्रिय वनसम्बन्धी ऐनको व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन पनि संसदमा पेश हुने सचिवालयले जनाएको छ। बैठकमा प्रतिपक्ष दलका नेता, अन्य सांसदहरुले राजधानी र नामाकरणको विषय उठाउने तयारी गरेको बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया