• 12:15 am

दुई अमेरिकी महिला सांसदलाई इजरायलले लगायो रोक

प्रकाशित मिति

August 16, 2019

एजेन्सी, इजरायलले अमेरिकी सासंद इहान ओमार र रसिदा तलैबलाई आफ्नो देशमा आउन रोक लगाएको छ ।

ती दुई महिला सांसदले इजरायलको आलोचना गरेको भन्दै उनीहरूलाई प्रतिबन्ध लगाएको इजरायलले जनाएको छ । इजरायलले आफ्नो राष्ट्रको धर्म, संस्कृति र प्रशासनमा हानी पुग्ने गरी आलोचना गर्नेहरूलाई प्रतिबन्ध लगाउँदै आएको थियो ।

इजरायलविरूद्ध लागेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीहरूलाई इजरायलमा जान दिए ठूलो कमजोरी हुने बताएका थिए । सासंदद्वयले आफूहरू इजरायलविरोधी नभएको भन्दै त्यसरी प्रतिबन्ध लगाउनु लोकतान्त्रिक मूल्य मान्यताको अपमान भएको बताएकी छन्।

प्रतिकृया