• ४ साउन २०८३, सोमबार
  • १:२६ बिहान

सर्टमा लगाउन मिल्ने एयर कन्डिशन

प्रकाशित मिति

२०७६ श्रावण ३० गते, बिहीबार ०२:४०

एजेन्सी, प्रविधिको बिकासले मानिसको दैनिकी सहज बन्दै गएको छ । संसारमा दिन दुई गुना राता चार गुना प्रविधिको बिकास भईरहेकोे समयमा जापानीज इलेक्ट्रोनिक्स कम्पनी सोनीले मानिसको सर्टमा लगाउन मिल्ने एयर कन्डिशन बनाएको छ । मोबाइलभन्दा पनि सानो आकारको ‘रेओन पकेट’ नाम दिइएको उक्त एसीले मानिसलाई २४सै घण्टा शीतल गराइरहने कम्पनीले दावी गरेको छ ।

यसलाइ कुनै पनि प्रयोगकर्ताले गर्धनभन्दा तल्लो भागमा लगाउन सक्नेछन् जसका लागि कम्पनीले ब्याग समेत सानो ठूलो आकारमा बनाएको छ । ‘रेओन पकेट’ नामक एसी थर्मोइलेक्ट्रिक पेल्टियर तत्वबाट बनेको छ ।

Kamana Sewa

जसले धेरै छिट्टो चिसो र तातो बनाउन सक्छ। कम पावरमा समेत चलाउन सकिने उक्त तत्वको प्रयोग कार कुलर तथा वाइन कुलरमा समेत प्रयोग गर्ने गरिन्छ । यो स्मार्ट एसीमा लिथियम आयोन ब्याट्री जडान गरिएको छ । जसलाइ २ घण्टा चार्ज गरेपछि दिनभरी चलाउन सकिन्छ । यो एयर कन्डिशनर ‘ब्लूतुथ ५.० एलइ कनेक्टेड’ फोनमा समेत सपोर्ट गर्छ ।

Classic Tech Desktop

प्रतिकृया