सशस्त्र प्रहरी बल नेपाल कृष्णनगरको ठूलो सफलता
प्रकाशित मिति
२०७६ श्रावण २८ गते, मंगलवार १२:५१
कपिलवस्तु, कपिलवस्तु जिल्लाको सशस्त्र प्रहरी बल नं ३९ गुल्म कृष्नानगरले आर्थिक बर्ष ०७५/०७६ मा ७७ ,९३,१३०( सतहत्तर लाख तिरानब्बे हजार एक सय तिस) रकम बराबरको भन्सार छलि गरि ल्याउदै गरेको समान भन्सार चलान गरेको छ।
अबैध सामान समात्न मा सशस्त्र प्रहरीका नायब निरिक्षक सुरेश न्यौपानेको विशेष योगदान रहेको छ । नेपाल भारतको सिमानामा कडा सुरक्षा दिदै आएका सशस्त्र प्रहरी बल कृष्नानगरले किराना सामानहरु, काठ, चामल सहितको ट्रक कुखुराको चल्ला, सुर्ती लगायत अन्य समानहरू गरि उक्त रकम बराबर समान भन्सार चलान गरिएको र कुखुराको चल्ला, लगायत अन्य समानहरु नष्ट गरिएको लागु औषध नेपाल प्रहरीको जिम्मा लगाएको कुरा सशस्त्र प्रहरी बल कृष्नानगरका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशिल कुमार शाहीले जानकारी दिएका छन।
साथै सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी ईलाकामा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन का साथै सिमा नाकामा आफ्नो फौज तैनाथ गरि अबैध समान रोक्न सफल रहेको कुरा स्थानीयको बुझाई रहेको छ।






प्रतिकृया