भक्तपुरको विकास तिव्र गतिमा अघि बढेको छ : सांसद बस्नेत
प्रकाशित मिति
२०७६ श्रावण २५ गते, शनिबार ०७:४५
भक्तपुर, २४ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको विकास तिव्र गतिका साथ अघि बढेको बताउनु भयो । उहाले विगतमा भक्तपुरका जनप्रतिनिधिले ध्यान नदिँदा पछि परेको बताउँदै वर्तमान समयमा निर्वा्चित जनप्रतिनिधिले जनताको चाहना र आवश्यकतालाई मध्यनजर गरी विकास तिव्र रुपमा अघि बढेको बताउनुभयो ।
भक्तपुरको घ्याम्पेडाँडाले विगतमा दुर्गम क्षेत्रको रुपमा परिचय पाएको तर आगामी दिनमा विकसित तथा पर्यटकीय क्षेत्रको रुपमा परिचय पाउने बताउँदै उहाँले घ्याम्पेडाँडा राजधानीकै एउटा महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा परिचित हुँदै गएको बताउनुभयो । भक्तपुर जिल्लाको सूर्य्विनायक नगरपालिका वडा नं. ७ स्थित घ्याम्पेडाँडामा निर्माण गरिएको सहरी स्वास्थ्य केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले आगामी दिनमा धार्मिक, सांस्कृतिक, पर्यटकियलगायतका कार्यहरुले देशकै गन्तव्यको रुपमा स्थापीत हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘भक्तपुरको विकास एक एक रनका दरले मात्र हैन, चौका र छक्काका दरले तिव्र गतिका साथ अघि बढ्यो ।’
भक्तपुरलाई स्वास्थ्य क्षेत्रको हबको रुपमा विकास गर्ने लक्ष्य प्रस्तुत गर्दै पूर्वमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने प्रकृया अघि बढिरहेको बताउनुभयो । भक्तपुरमा मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर अस्पताल, क्यान्सर अस्पताल, क्षयरोगलगायतका केन्द्रीय स्तरका अस्पतालहरु रहेको जिल्ला भएको बताउँदै उहाँले भक्तपुरमा नै विभिन्न प्रकारका स्वास्थ्यसँग सम्बन्धीत कोर्षहरुको पढाइ हुने स्थलको रुपमा विकास गर्ने बताउनुभयो । उहाँले उक्त स्वास्थ्य केन्द्रले व्यवस्थित तथा प्रभावकारी ढंगले सेवा सञ्चालन गर्नेमा विश्वस्त रहेको समेत बताउनुभयो ।

कार्यक्रममा सूर्य्विनायक नगरपालिकाका प्रमुख बाशुदेव थापा, उपप्रमुख जुनादेवी वस्नेत, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, वडा नं. ८ का वडाध्यक्ष किरण थापा, ७ नं. का वडाध्यक्ष रविन्द्र सापकोटालगायतका स्थानीयवासीको उपस्थिती रहेको थियो ।








प्रतिकृया