• ५ असोज २०८३, सोमबार
  • ४ः३३ बिहान

ढुक्क हुनुहोस् अब सरकार विकासमा केन्द्रित हुन्छ : संचारमन्त्री बास्कोटा

प्रकाशित मिति

२०७६ श्रावण २१ गते, मंगलवार ०२:१६

धनुषा, संचार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद वासकोटाले सरकार अब विकासमा केन्द्रित हुने बताउनु भएको छ ।

National Life

मंगलबार स्मार्ट विद्यालयको उद्घाटन गर्न जनकपुरमा पुगेका मन्त्री बास्कोटाले पत्रकार संगको भेटघाटमा वर्तमान सरकार प्रगति, सामाजिक न्यायलाइ विशेष मुद्दा बनाई अवको पांच वर्ष सम्म सरकार विकासलाई नै केन्द्र बनाएर अघि बढ्ने बताउनु भएको हो ।

उहाँले भन्नु भयो, अब पांच वर्ष सम्म सरकार परिवर्तन हुँदैन ढुक्क हुनुहोस् अब सरकार विकासमा केन्द्रित हुन्छ ।’ मन्त्री बास्कोटाले संघ, प्रदेश र स्थानीय सरकारले चुनावमा गरेको वाचा अब पूरा गर्नु पर्ने जिकिर गर्दै प्रदेशले आफ्नो अधिकार क्षेत्र भित्र बसेर काम गर्न आग्रह गर्नु भएकोे छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया