• ४ साउन २०८३, सोमबार
  • ७:३१ बेलुका

सांसद बस्नेतसहितको टोलीले एकै दिनमा सत्र आयोजनाको स्थलगत निरिक्षण

प्रकाशित मिति

२०७६ श्रावण १२ गते, आईतवार ११:४५

भक्तपुर, विकासको काममा जोड दिदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतसहितको टोलिले एकै दिनमा १७ आयोजनाहरुको स्थलगत निरिक्षण गरेको छ ।

आफ्नो निर्वाचन क्षेत्रमा मात्र नभई समग्र भक्तपुर जिल्लालाई समृद्ध र विकसित बनाउने लक्ष्यका साथ सांसद बस्नेतले शनिवार भक्तपुर जिल्लाको क्षेत्र नं.१ अन्तरग चाँगुनारायण नगरपालिकामा राज्यका तीन वटै सरकारबाट सञ्चालनमा रहेको आयोजनाहरुको निरिक्षण गर्नुभएको हो । निरिक्षणका क्रममा सांसद बस्नेतले कमिकमजोरी र त्रुटिहरु सुधार्न सुझा दिनुभएको छ ।

Kamana Sewa

सांसद बस्नेतको नेतृत्वमा भक्तपुर जिल्ला समन्वय समिति प्रमुख नबराज गेलाल,नगरप्रमुख सोम मिश्र,उपप्रमुख विना बास्तोला,वडा अध्यक्ष श्याम सुन्दर धिमाल, वडा सदस्यहरु र स्थानीय सहितको टोलिले उक्त स्थानमा संचालनमा रहेका आयोजनाहरुको छड्के निरिक्षण गर्नु भएको हो ।

Classic Tech Desktop

१) चा.न.पा वडा नं.१ मा उपत्यका नगरविकास प्रधिकरणबाट विनियोजित रु २५ लाखको लागतमा खड्का टोलबाट के.एम.सि जाने बाटो १० मिटर चौडा विस्तार र स्तरान्नतिको काम,

२) चा.न.पा वडा नं.२ मा रु १ करोड नगरपालिकाबाट र उपत्यका नगरविकास प्राधिकरणबाट रु ५० लाखको लागतमा दुवाकोट वडा कार्यालय जाने ६ मिटर चौडा बाटो विस्तार ढल र पिच गर्ने काम,

३) चा.न.पा वडा नं ३ झौखेलमा उपत्यका नगरविकास प्राधिकरणबाट विनियोजित रु १४ लाखको लागतमा सुवाल टोलबाट गया टोल जाने ६ मिटर चौडा बाटो विस्तार र स्तरोन्नतिको काम,

४) चा.नं.पा वडा नं ३ झौखेलमा उपत्यका नगरविकास प्राधिकरण बाट विनियोजित रु ६२ लाखको लागतमा न्यौपाने गाउँबाट गेलाल गाउँ जाने १२ मिटर चौडा बाटो विस्तार र स्तरोन्नतिको काम,

५) चा.नं.पा वडा नं ३ झौखेलमा उपत्यका नगरविकास प्राधिकरण,सडक विभाग र प्रदेशबाट विनियोजित रु ५ करोड ७७ लाखको लागतमा जागृति चोकबाट गेलाल गाउँ जाने १२मिटर सडक विस्तार,ढल र कालोपत्रे गर्ने काम,

६) चा.न.पा वडा नं ४ को चाँगुनायण मन्दिरमा राष्ट्रिय पुननिर्माण प्राधिकरण बाट विनियोजित रु ५ करोडको लागतमा मन्दिर जाने १००० सिडि निर्माण, साङ्ग पोखरी निर्माण र पथमार्ग निर्माणको काम,

७) चा.न.पा वडा नं ४ मा उपत्यका नगरविकास प्राधिकरणबाट विनियोजित रु १४ लाखको लागतमा डि टोलबाट न्यौपाने गाउँ जाने सडक १४ मिटर विस्तार र स्तरोन्नतिको काम,

८) चा.न.पा वडा नं ३ झौखेलमा सडकबाट ६ करोड र उपत्यका नगरविकास प्रधिकरणबाट विनियोजित रु ६० लाखको लागतमा ८मिटर चौडा बाटो विस्तार फुटपात र कालोपत्रे गर्ने काम,

९) चां.न.पा वडा नं ३ झौखेलमा उपत्यका नगरविकास प्राधिकरणबाट रु १ करोड र नगरपालिकाबाट विनियोजित रु १ करोडको लागतमा वडा कार्यालयबाट लोकतान्त्रीत मार्ग जाने सडक विस्तार, ढल र स्तरोन्नति गर्ने काम,

१०) चा.न.पा वडा नं ३ मा नगरपालिकाबाट विनियोजित रु २० लाखको लागतमा झौखेल खानेपानीको डिप वारिङ्गको काम जुन केन्द्रीय योजनामा समेत परेको,

११) चां.नं.पा वडा नं ३ झौखेलमा उपत्यका नगरविकास प्रधिकरण बाट रु २५ लाख र प्रदेश सरकारबाट बिनियोजित रु १ करोड लागतमा कमल पोखरीबाट लाकिला जाने सडक १० मिटर चौडा विस्तार र स्तारोन्नति गर्ने काम,

१२)चा.न.पा वडा नं ४ मा उपत्यका नगरविकास प्राधिकरण बाट विनियोजिता रु २५ लाखको लागतमा ज्योतिलिङ्गेश्वर वुढाथोकी गाउँ जाने बाटो ६मिटर विस्तार र स्तरोन्नतिको काम,

१३) चा.न.पा वडा नं १ मा उपत्यका नगरविकास प्राधिकरणबाट विनियोजित रु २० लाखको लागतमा सरस्वती खेलबाट सामथली जान बाटो ८मिटर विस्तार र स्तरोन्नती गर्ने काम,

१४)चा.न.पा वडा नं ५ छालिङ्गमा उपत्यका नगरविकास प्राधिकरण बाट रु २५ लाख र प्रदेश सरकार बाट विनियोजित ५८ लाखको लागतमा खरिपाटी व्यारेकदेखि रातोपाटी हुदैँ वडा कार्यालय जाने सडक १४ मिटर चौडा विस्तार र स्तारोन्नतिको काम,

१५) चा.न.पा वडा नं ५ छालिङ्गमा उपत्यका नगरविकास प्राधिकरणबाट विनियोजित रु ४० लाखको लागतमा पकुनेको पाटीबाट कालिटार जाने ८ मिटर चौडा सडक विस्तार र स्तरोन्नतिको काम,

१६) चा.न.पा वडा नं ५ छालिङ्गमा प्रदेश सरकारबाट विनियोजित रु ५० लाखको लागतमा थापागाउँ जाने सडक ६ मिटर विस्तार र स्तरोन्नति र कालोपत्रे गर्ने काम,

१७) चा.न.पा वडा नं २ दुवाकोटमा उपत्यका नगरविकास प्राधिकरणबाट विनियोजित रु १० लाखको लागतमा शवशक्ति टोल यूमार्गको उकालो ढलान गर्ने कामलगायतका रहेको छन् ।

 

प्रतिकृया