• ५ असोज २०८३, सोमबार
  • १०ः२४ बिहान

बाढीमा फसेका छ कामदारको उद्धारमा कठिनाइ

प्रकाशित मिति

२०७६ असार २८ गते, शनिबार ०१:५८

सिरहा,कमला नदीको बाढीमा गए रातिदेखि फसेका छ जनाको उद्धारमा समस्या भएको छ । सिरहा नगरपालिका–६ स्थित बसपिट्टा टोल नजिकै निर्माणाधीन पुलको काममा खटिएका छ कामदार कमला नदीको बाढीमा फसेका हुन् ।

National Life

निर्माणाधीन पुलमै बसेर उद्धारको प्रतिक्षा गरिरहेका छ जनालाई नदीमा पानीको बहाब अत्यधिक रहेकाले उद्धार गर्न कठिनाइ भएको सिरहाका प्रजिअ अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “छ कामदार बाढीमा फसेको राति नै खबर आयो, तर नदीमा पानीको बहाब बढिरहेकाले तत्काल उद्धार गर्न समस्या भएको छ, काठमाडौँबाट हेलिकोप्टरसमेत आउन नसक्ने अवस्था छ ।”

प्रतिकृया