• १६ भदौ २०८३, बुधबार
  • २:०० बेलुका

तरकारी र फलफूलमा विषादी परीक्षण नगर्न सरकारलाई भारतको आग्रह

प्रकाशित मिति

२०७६ असार १९ गते, बिहीबार ०३:१७

काठमाडौं, भारतले नेपाल सरकारलाई सीमा नाकामा सुरु गरेको तरकारी र फलफूलको विषादी परीक्षण नगर्न आग्रह गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै नेपालस्थित भारतीय दूतावासले नेपालको सीमा नाकामा आइपुगेका आफ्ना देशको कृषिजन्य उत्पादन बोकेका सवारी साधन नरोक्न आग्रह गरेको हो ।

Kamana Sewa

सरकारले असार पहिलो सातादेखि भारतीय फलफूल तथा तरकारीमा विषादी परीक्षण गर्ने निर्णय गरेको थियो।

Classic Tech Desktop

गुणस्तरहीन वस्तुको आयात रोक्ने उद्देश्यले सरकारले गरेको यो नीतिगत व्यवस्थाको कार्यान्वयनमा भने चुनौति देखिएको छ।

हाल कालिमाटी र सर्लाहीको हरिवनमा मात्रै फलफूल तथा तरकारीको विषादी परीक्षण हुन्छ । भन्सारहरुमा विषादी परीक्षणको उपकरण नहुँदा आयातकर्तालाई काठमाडौं आई नमुना परीक्षण गराई लैजानु पर्ने बाध्यता छ।

कालिमाटी बजारमा आउने तरकारी तथा फलफूलको ४० प्रतिशत भारतले ओगटेको छ भने ६० प्रतिशत स्थानीय बजारले ओगटेको छ।

प्रतिकृया