• ५ साउन २०८३, मंगलबार
  • ८:३१ बिहान

 भक्तपुरको राधेराधेस्थित इजी वे ट्रायल सेन्टरले जिल्ला ट्राफिक कार्यालय भवन निर्माण गर्न दुई लाख १ हजार रुपियाँ सहयोग

प्रकाशित मिति

२०७६ असार १३ गते, शुक्रबार ०८:०८

भक्तपुरको राधेराधेस्थित इजी वे ट्रायल सेन्टरले जिल्ला ट्राफिक कार्यालय भवन निर्माण गर्न दुई लाख १ हजार रुपियाँ सहयोग उपलव्ध गराएको छ ।भक्तपुरको सुर्यविनायक नगरपालिकाको चुनदेवीमा निर्माणाधिन चार तले भवन निर्माण सम्पन्न गर्न सेन्टरले सहयोग स्वरुप सो रकम उपलव्ध गराएको सेन्टरका निर्देशक खड्गीले बताउँनु भयो ।

बिहिवार ट्रायल सेन्टरमा आयोजित एक समारोहका बीच सेन्टरका प्रबन्ध निर्देशक निर्भय बाबु प्रसाई, निर्देशक बिरेन खड्गीले जिल्ला ट्राफिक कार्यालय भवन निर्माण समितिलाई दुई लाख १ हजार रुपियाँको चेक हस्तान्तरण गर्नु भएको हो ।

Kamana Sewa

Classic Tech Desktop

 

ट्राफिक भवन निर्माण सम्पन्न भएपछि व्यवस्थित रुपमा कार्यालय सञ्चालन हुनुका साथै त्यसबाट गुणस्तरीय सेवा प्रवाह हुने अपेक्षासहित सेन्टरले भवन निर्माणमा सहयोग उपलव्ध गराएको प्रबन्ध निर्देशक प्रसाईले बताउँनु भयो ।

 

प्रतिकृया