भक्तपुरको सानोठीमीमा एसओएस अन्तर्राष्ट्रिय वालग्रामको ७० औं स्थापना दिवस मनाइदै
प्रकाशित मिति
२०७६ असार ८ गते, आईतवार ०३:५१
भक्तपुरको सानोठीमीमा आइतबार एसओएस अन्तर्राष्ट्रिय वालग्रामको ७० औं स्थापना दिवस मनाइएको छ ।
एसओएस अन्तर्राष्ट्रिय वालग्रामको ७० औं स्थापना दिवस तथा संस्थापक पिता प्रा .डा .हर्मन माइनरको एक सय जन्म जयन्तिको अवसरमा एसओएस वालग्राम नेपालद्धारा एसओएस हर्मन माइनर विद्यालय सानोठीमीमा आयोजना गरिएको विशेष समारोहमा वालवालिकाको बैकल्पिक स्याहार , वालअधिकार , वालवालिकाको शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएका ११ जना ख्यातिप्राप्त समाजसेवी र संस्थालाई सम्मान गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय निर्देशक इश्वरी प्रसाद शर्मा र एसओएस का अध्यक्ष डा .ज्योति रत्न धक्वा ले दिप प्रज्लवन गर्नुभयो । मध्यपुर थिमी नगरपालिका वडा न २ का वडाअध्यक्ष राम थापा मगर लगायत अन्य दुई ब्यक्तित्वद्धारा बिशिष्ट ब्यतिmहरुलाई बिभिन्न क्षेत्रमा पुर्याएको योगदान लाई कदर गर्दै सम्मान गरिएको छ । वडाअध्यक्ष राम थापा मगरले सबै ब्यक्तिहरुलाई सम्मान गर्दै शुभकामना आदन प्रदान गर्नुभयो ।
यसरी सम्मानित हुने समाजसेवीहरुमा वाल अधिकारकर्मी गौरी प्रधान , सम्पदा संरक्षक एवम् शिक्षासेवी रवीन्द्र् पुरी , पशुपति क्षेत्र विकास कोषका पुर्व अध्यक्ष समाजसेवी डा । गोविन्द टण्डन , अपांगता भएका वालवालिकाको क्षेत्रमा कार्यरत समाजसेवी छुल्टुम शेर्पा , महिला र वालवालिकाको शिक्षा र पुर्नस्थापनाको क्षेत्रमा काम गर्दै आएको संस्था माइती नेपाल , वालवालिका वैकल्पिक स्याहारको षेत्रमा कार्यरत प्रा डा ओमकारलाल श्रेष्ठ र श्रीमती शान्ति श्रेष्ठ रहेका छन ।
यसैगरी वालवालिकाको अपांगता क्षेत्रमा कार्यरत बरिष्ठ हाडर्जोनी विशेषज्ञ डा अशोक कुमार बास्कोटा , अप्ठेरोमा परेका अभिभावकका वालवालिकाको क्षेत्रमा कार्यरत पुष्पा बस्नेत , वालवालिकाको वृद्धि विकासमा योगदान र्पुयाएका नेपाली फुटबल टोलिका र्पुव कप्तान उपेन्द्रमान सिंह , वालवालिका लाई शिक्षा तथा पैष्टिक आहारमा योगदान गर्दै आएको संस्था फुड फर लाईफ नेपाल र महिला तथा वालवालिकाको क्षेत्रमा कार्यरत समाजसेवी रेणु शर्मा रहेका छन ।
त्यसैगरी , नेपालका बिभिन्न जिल्लामा रहेका १० वटा एसओएस बालग्रामहरुले पनि बिभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गर्नुभएका ख्यातिप्राप्त समाजसेवि तथा संस्थालाई सम्मान गरेका छन । यसका साथै एसओएस बालग्राममा २५ बर्षभन्दा बढि सेवा गरेका आमा, काकी , लगायत विभिन्न पदमा कार्यरत कर्मचारीहरुलाई पनि पुरस्कृत गरिएको छ ।
एसओएस वालग्राम नेपालको कार्यकारीणी समितिले ती संस्था र महानुभावहरुले आ आफनो क्षेत्रमा गरेको योगदानको उच्च कदर गर्दै सम्मान गरेको एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक इश्वरी प्रसाद शर्माले जानकारी दिनुभयो ।
अभिभावक गुमाएका र गुमाउन सक्ने जोखिममा रहेका संसार भरका वालवालिकाको लागि “मायालु घर” को रुपमा परिचित अन्तर्राष्ट्रिय संस्था एसओएस वालग्राम सन् १९४९ देखि अष्ट्रियाको इम्स्ट शहरबाट शुरु भएको हो ।
एसओएस वालग्राम हाल १ सय ३५ मुलुकमा विस्तारित छ भने स्थापनाको ७० बर्षको अवधिमा विश्वभरका ४० लाख वालवालिकालाई प्रत्यक्ष संरक्षण गरिसकेको छ । उनै संस्थापक पिता प्रा डा माइनरको जन्मदिनको सम्झनामा आज जुन २३ अर्थात असार ८ गते विश्वभरी विभिन्न कार्यक्रम गरि मनाइदैछ ।
फोटो फिचर ।











प्रतिकृया