• २१ असोज २०८३, बुधबार
  • ३ः०१ दिउँसो

पत्रकारमाथि भएको आक्रमणमा महासंघको गम्भीर ध्यानाकर्षण

प्रकाशित मिति

२०७६ असार ७ गते, शनिबार ०६:५५

काठमाडौं । नेपाल पत्रकार महासंघले सल्लेरी खवर डटकमका सम्पादक दिनेश बस्नेतमाथि भएको सांघातिक आक्रमणले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

National Life

शुक्रबार महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा असार ५ गते समाचार संकलनका क्रममा भक्तपुरको लोकन्थलीमा भएको आक्रमणप्रत्ति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो पेशागत कर्ममा जुटेका पत्रकारमाथि दिन दाहाडै भएको सांघातिक आक्रमणले मुलुकमा पत्रकारको सुरक्षा अवस्था दयनीय रहेको थप प्रष्ट्याएको छ । महासंघ पत्रकारमाथि भएको यो आक्रमणको कडा शब्दमा भर्त्सना गर्दछ । र, घटनामा संलग्न सबैको तत्काल पहिचान गरी कडा कानुनी कारबाही गर्न र पत्रकार सुरक्षामा गम्भीर बन्न महासंघ सम्बन्धित निकायसँग माग गर्दछ ।

Classic Tech Mobile
Classic Tech Desktop

समाचार संकलनका क्रममा रहेका पत्रकार बस्नेतमाथि शैलेस श्रेष्ठ, सन्जय लामासहितका समुहले सांघातिक आक्रमण गरेका थिए । आक्रमणबाट पत्रकार बस्नेतको टाउकोलगायत शरीरका विभिन्न भागमा चोटपटक लागेको थियो । उनको हाल काठमाडौंस्थित अन्नपूर्ण न्यूरोमा उपचार भैरहेको छ ।

प्रतिकृया