समानता, सद्भाव र सबैको मानवअधिकारको पूर्ण रक्षाका लागि सरकार दृढ छ : प्रधानमन्त्री
प्रकाशित मिति
२०७६ जेष्ठ २१ गते, मंगलवार ०२:५९
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देशलाई न्याय र समानतासहितको समृद्धिको दिशातर्फ अघि बढाइरहेको बताएका छन ।
हिजो सोमबार जातीय भेदभाव तथा छुवाछूत उ्रन्मुलन दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले वर्तमान सरकार सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न शताब्दीऔंसम्म विभेद र अन्यायको शिकार भएका दलित समूदायलाई शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा अगाडि बढाउन तल्लिन रहेको बताएका छन ।
‘विगतमा पाखा पारिएकाहरुलाई राज्यको मूलप्रवाहमा समाहित गराउँदैछ ।, प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।, आजको एक्काइशौं शताब्दीमा पनि सामन्तवादको अवशेषका रुपमा रहेको मानव–मानवका बीच गरिने जातीय भेदभाव र छुवाछूतको दुव्र्यवहारप्रति कुनै सहिष्णुता दर्शाइने छैन । समानता, सद्भाव र सबैको मानवअधिकारको पूर्ण रक्षाका लागि सरकार दृढ छ ।’

प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट दलित समूदायबाट कम्तिमा १र१ जनाको प्रतिनिधित्व हुने संवैधानिक प्रत्याभूति गरिएको छ । स्थानीय तहको वडा स्तरमा दलित महिलाको अनिवार्य प्रतिनिधित्वलाई कानूनी रुपमा सुनिश्चित गरिएको छ, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “ नेपालले जातीय भेदभाव तथा छुवाछूतको अन्त्यका लागि अन्तर्राष्ट्रिय रुपमा पनि ठोस प्रतिबद्धता जनाएको सबैलाई विदितै छ ।





प्रतिकृया