• १५ असोज २०८३, बिहीबार
  • ११ः०८ राती

चियापान समारोहबाट ओलीको धम्की: गुटका भेलामा कोही नजानू, गए कारबाही हुन्छ

प्रकाशित मिति

२०७७ चैत्र ३ गते, मंगलवार ०१:१५

काठमाडौ: प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहको गुटगत भेलामा सहभागी हुने नेता कार्यकर्तालाई कारबाहीको चेतावनी दिएका छन्।
बालुवाटारमा आयोजित चियापान समारोहमा ओलीले गुटका भेलामा देखिने नेता कार्यकर्ताहरुलाई कारबाहीको चेतावनी दिएका हुन् ।उनले नेकपा एमालेमा आवद्ध र सम्वद्ध कोही पनि नेता कार्यकर्ताहरुले त्यस्ता भेलामा सहभागी हुन नहुने बताए।

National Life

‘नेकपा एमालेमा आवद्ध कोही पनि नेता कार्यकतालाई भोलि बोलाइएको भनिएको भेलामा नजान म सबै नेता कार्यकर्ताहरुलाई सजग र सचेत गराउन चाहन्छु’, ओलीले भने। उनले अनुशासनविपरीतको काम गरे पार्टीको विधान अनुसार कारबाही हुने चेतावनी दिए। सर्वोच्चको आदेशपछि पार्टी पहिलेकै अवस्थामा फर्किसक्दा समेत केही मानिसहरुले छुट्टै भेलाहरु गरेर निहुँ खोजिरहेको ओलीले बताए।

तर अब एउटै पार्टीमा बसेर अराजकता सृजना गर्ने र विधि विधान विपरीतका कामहरु गर्ने छुट कसैलाई नदिइने ओलीले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

अनुशासित भएर विचारमा केन्द्रीत भएर काम गर्नुपर्ने बताउँदै ओलीले भने, ‘अनुशासनहीन भयो भने पार्टीको विधान छ। कानुन र संसद नियमावली छ। दल सम्बन्धी कानुन छ। म सबैको ध्यानाकर्षण गराउन चाहन्छु।’

आफ्ना अहंकारका लागि मनपरी गर्दै हिन्न कसैलाइ छुट नदिइने बताउँदै ओलीले कानुन सबैका लागि समान हुने बताए। उनले अपराध गरेर हिँडेकाहरुलाई पनि पार्टीमा स्वीकार्ने बताए।

‘पार्टीमा कसैमाथि अन्याय हुँदैन । ठूला ठूला अपराध भएका छन् । ती मानिसहरुलाई स्वागत नगरे पनि हामी स्वीकाछौँ’, ओलीले भने, ‘पार्टीमा आउन पाइन्छ । सच्चिएर काम गर्नुपर्छ । तर फेरि उही धन्दा र उही सिलसिला चल्दैन। भाँडभैलो चल्दैन।’

माधव नेपाल समूह आफूले बोलाएको चियापानमा सहभागी नभएकोमा ओलीले आक्रोश पोखे ।

उनले भने, ‘प्रधानमन्त्रीले बोलाएको चियापानमा नआउने, पार्टी अध्यक्षले बोलाएको चियापानमा नआउने, उहाँहरु कसको निम्ता पाए जानुहुन्छ । सबैलाई थाहा छ तर नभनौँ।’ ओलीले अघि भने, ‘एकथरी मान्छेका अनुहारहर देखिएनन् । यो राम्रो लक्षण हैन । कुनै कारणबस आउनुभएन होला भन्ने म ठान्छु । चियापान बहिष्कारको निर्णय जुन गरिएको थियो त्यो हैन होला भन्ने ठान्छु।’

ओलीले भोलि बोलाइएको माधव समूहको भेलालाई लक्षित गर्दे भने, ‘भोलिको भेलामा कति तमासा गर्नुहुन्छ । एक नजर त्यता राखिने छ । पार्टीलाई धम्काएर ठेगान लगाउने कसैले सोचेको छ भने म यहीबाट भन्न चाहन्छु, नचाहिने कुराका अगाडि लत्रिने कुरा छैन।’ ओलीले आफू सत्यसँग नलड्ने र निहु खोज्नेहरुसँग नझुक्ने बताए।

ओलीले आफूहलाई पार्टीको साधारण सदस्यबाट समेत निश्कासन गरिएको विषयमा पनि आक्रोशयुक्त टिप्पणी गरेर
‘म त कति विचरा भएको होला । साधारण सदस्यबाट समेत निश्कासित’, उपस्थित नेता कार्यकर्ताहरुलाई ओलीले भने, ‘कमसेकम तपाईँहरुलाई त पार्टीबाट निकालेको घोषणा गरेनन्, मलाई बाटोबाटै हटाइएको थियो।’

प्रतिकृया