• १५ असोज २०८३, बिहीबार
  • ९ः०३ राती

ओली र नेपाल पक्षबिच पार्टी कार्यालय धुम्बाराहीमा वार्ता हुँदै

प्रकाशित मिति

२०७७ चैत्र २ गते, सोमबार १०:२५

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबिच वार्ता हुने भएको छ । पार्टीको आन्तरिक विवाद समाधानका सम्बन्धमा दुई नेताबिच सोमबार धुम्बाराहीमा छलफलको तयारी भएको एमाले स्रोतले जनाएको छ ।

National Life

सो छलफलमा ओली पक्षबाट प्रधानमन्त्री समेत रहेका ओली र ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेलसहितका नेता सहभागी हुने छन् ।यस्तै अर्को पक्षबाट नेता नेपाल र झलनाथ खनालसहितका नेता सहभागी हुने तयारी रहेको स्रोतको भनाई छ ।

ओली पक्षले वार्ता हुन लागेको भने पनि नेपाल पक्षले आफ्नो कार्यालय जान लागेको भनेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बिहान ११ बजे दुवै पक्षबिच छलफल गर्ने निश्चित भएको नेपाल निकट एक स्थायी कमिटि सदस्यले बताए।

प्रतिकृया