• १५ असोज २०८३, बिहीबार
  • ९ः४४ राती

माओवादी केन्द्रले ४ हजारको केन्द्रीय कमिटी २ सयमा झार्‍यो

प्रकाशित मिति

२०७७ चैत्र २ गते, सोमबार १०:०१

काठमाडौ: नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी ४ हजार बाट घटाएर  २ सयमा झारेको छ । नेकपा एमालेसँग एकता हुनुअघि माओवादी केन्द्रको केन्द्रीय कमिटी ४ हजार सदस्यीय थियो ।  माओवादी केन्द्रबाट २ सय र एमालेबाट २४५ गरी ४४५ सदस्यीय केन्द्रीय समिति बनाइएको थियो ।

National Life

०७५ जेठ ३ मा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो । तर, त्यसभन्दा पहिल्यै दर्ता भएको अकर्को दलसँग नाम मिलेको भन्दै परेको रिटमा फैसला गर्दै सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई साविककै रुपमा फर्कादिएको थियो ।

 

Classic Tech Mobile
Classic Tech Desktop

सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताएपछि आइतबार माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पहिलो पटक बसेको थियो । उक्त बैठकमा २ सय केन्द्रीय सदस्यहरु उपस्थित भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेता श्रेष्ठका अनुसार अब माओवादी केन्द्रको केन्द्रीय समिति २०० नै कायम हुनेछ । निर्वाचन आयोगमा माओवादी केन्द्रको ८७ सदस्यीय केन्द्रीय सचिवालयमात्रै गएको छ ।

नेताहरुका अनुसार माओवादी केन्द्र दर्ता हुँदा केन्द्रीय समिति पछि बुझाउने गरी केन्द्रीय सचिवालयमात्रै रहेको जानकारी आयोगमा गराइएको थियो । अब त्यही ८७ सदस्यीय केन्द्रीय सचिवालयले केन्द्रीय समितिलाई अनुमोदन गरेर निर्वाचन आयोगमा पठाउनेछ ।

प्रतिकृया