सत्ता समिकरणको कसरत, कांग्रेस, माओवादी र जसपाको संयूक्त बैठक बस्दै
प्रकाशित मिति
२०७७ चैत्र २ गते, सोमबार ०९:५२
काठमाडौ: नयाँ सत्ता समिकरणमा सहमति जुटाउन नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाको त्रिपक्षइय बैठक आज बस्दैछ । यी तीन दलहरुबीच एक आपसमा पटक–पटक छलफल भएपनि सत्ता सहकार्यकै लागि पहिलो पटक त्रिपक्षीय बैठक बस्न लागेको हो ।
आजको बैठकले भावी प्रधानमन्त्रीबारे सहमति जुटाउने बताइएको छ । प्रमुख विपक्षी दल कांग्रेसभित्र सरकारमा जानुहुन्न भन्ने मत मत्थर भइसकेको छ भने संस्थापन इतर समूहले नेतृत्वका लागि अगाडि बढ्न सभापति शेरबहादुर देउवालाई सहमति दिइसकेको छ ।
सरकारको नेतृत्वको विषयमा कांग्रेस एकमत देखिएको र अंक गणितका हिसाबले पनि ठूलो रहेकाले कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बनाउने सम्भावना बलियो रहेको देउवानिकट नेताहरुको बुझाई छ । माओवादी केन्द्रले पनि जुनसुकै शर्तमा प्रधानमन्त्री केपी ओलीलाई हाटाउने बताउँदै आएको छ । जसपामा पनि नयाँ सरकारबारे बृहत छलफल भइरहेको छ । तर निर्णय भने भइसकेको छैन ।
आफ्ना मुद्दा पूरा गर्नेलाई प्रधानमन्त्रीमा सघाउने सार्वजनिक अभिव्यक्ति दिदै आएको जसपाको भित्री स्वार्थ भने आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने देखिएको छ ।








प्रतिकृया