• ५ असोज २०८३, सोमबार
  • ११ः०३ बिहान

नेपालमा राजतन्त्रको पुनर्स्थापना र हिन्दू राष्ट्र कायम गर्नुपर्छः अध्यक्ष थापा

प्रकाशित मिति

२०७७ पुष १७ गते, शुक्रबार ०६:०४

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले नेपालमा राजतन्त्रको पुनर्स्थापना र हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताएका छन् ।

National Life

शुक्रबार राप्रपाले काठमाण्डौमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेपालमा गणतन्त्र, सङ्घीयता तथा धर्म निरपेक्षताको पुनरावलोनक गर्दै राजतन्त्रको पुनर्स्थापना तथा देशलाई धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र कायम गरिनुपर्ने बताएका हुन् ।

प्रतिनिधि सभा विघटन हुनुमा वर्तमान सरकार, कुनै राजनीतिक दल तथा नेताहरूका मात्र नभइ १४ वर्षअघि सुरु गरिएको गणतन्त्रको बाटो र विचार नै दोषी भएको उनको भनाइ छ ।

Classic Tech Mobile
Classic Tech Desktop

नेताहरूले जिम्मेवारी निर्वाह गर्न नसके आगामी दिनमा परिस्थिति राजनीतिक दल र नेताहरूको नियन्त्रणबाहिर जान सक्ने प्रारम्भिक सङ्केत देखिइसकेको पनि अध्यक्ष थापाको भनाइ छ ।

नयाँ नेपाल बनाउने नाममा हिन्दू राष्ट्रलाई समाप्त पारेको, राजतन्त्र पाखा लगाएको तथा सङ्घीयताको नाममा जातजातिलाई विभाजन गरेपछि देश दिशाहीन भएको उनले बताए ।

 

प्रतिकृया