• १० असोज २०८३, शनिबार
  • १२ः५४ राती

ओलीले बोलाए आफु निकट नेताहरुको बैठक

प्रकाशित मिति

२०७७ पुष ६ गते, सोमबार ०६:३९

काठमाडौंः प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय नेताहरूको भेला बोलाएका छन्। आज बिहान ९ बजे ओलीले बालुवाटारमा आफूपक्षीय नेताहरूको भेला बोलाएका हुन्।

National Life

भेलामा ओलीपक्षीय विघटित प्रतिनिधिसभाका सांसद र केन्द्रीय नेताहरूको उपस्थिति हुने जनाइएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। यसपछि बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ। केन्द्रीय कमिटी बैठक पुस ७ गते बोलाउने निर्णय गरिएको छ।

प्रतिकृया