• ४ असोज २०८३, आइतबार
  • ५ः३८ बेलुका

काँग्रेस पदाधिकारी बैठक भोलि पुनः बस्ने

प्रकाशित मिति

२०७७ कार्तिक १७ गते, सोमबार ०७:१३

काठमाडौं, कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठक आज विना निष्कर्ष टुंगिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पौडेल पक्षका २७ केन्द्रीय सदस्यहरूले राखेका १६ बुँदे असहमतिबारे छलफल गर्न बसेको बैठक निष्कर्ष विना टुंगिएको हो ।

National Life

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी विधि विधानअनुसार चल्न नसकेको बताउँदै सभापति देउवाले निर्वाचन आचारसंहिता विपरीत विभागहरू गठन गरेकोले त्यो खारेज हुनुपर्ने बताएका थिए।

बैठकमा आज कुनै ठोस सहमति नभएको र भोलि दिउँसो १ बजे पुनः बैठक बस्ने सहभागी एक सदस्यले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

बैठकमा उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले अहिलेको नेतृत्वले विधानअनुसार नै काम गरिरहेको दावी गरेका थिए। सभापति देउवाले पार्टीभित्र देखिएका असहमति हल गरेर जानुपर्ने बताए ।

प्रतिकृया