• १० असोज २०८३, शनिबार
  • ३ः४८ राती

लगातारको वर्षापछि काठमाडौँ उपत्यकामा मौसम सुधार

प्रकाशित मिति

२०७७ आश्विन ९ गते, शुक्रबार १२:००

काठमाडौं,लगातारको वर्षापछि काठमाडौँ उपत्यकाको मौसममा शुक्रबार सुधार भएको छ । मौसममा सुधार भएसँगै उपत्यकाका आकाशहरु खुला देखिएका छन् । केही दिन यता लगाताररुपमा परेको पानीका कारण उपत्यकाका धेरै स्थानहरु डुबानमा परेका थिए । शुक्रबार बिहानदेखि मौसममा सुधार आएसँगै डुबान क्षेत्रमा परेको स्थानीयले केही राहत महसुस गरेका छन् ।

National Life

यद्यपि, जल तथा मौसम विज्ञान विभागले भने अझै केही दिन वर्षा जारी रहने जनाएको छ । हाल भारतको मध्य प्रदेशको पूर्वी भू–भागमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र उत्तर–पूर्व सर्दैछ। आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश न १ प्रदेश न २ बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया