• ९ असार २०८३, मंगलबार
  • १२:२५ बिहान

दलितहरुलाई निश्चित निर्वाचन क्षेत्र आरक्षित गर्न आवस्यक

प्रकाशित मिति

२०७७ भाद्र १७ गते, बुधबार ०४:५१

काठमाडौं, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दलितहरुको नीति निर्माण तहमा पुहँच स्थापित गर्नको लागि प्रत्येक्ष चुनाव हुने निर्वाचन क्षेत्र आरक्षित गर्न आवस्यक रहेको बताएका छन्।

समता फाण्डेशनले तयार गरेको ‘जातको प्रश्न’ नामक कार्यक्रममा नायक राजेश हमालसँगको अन्तर्वार्तामा देउवाले समानुपतिक प्रणाली मार्फत पनि एउटै व्यक्ति पटक पटक दोहोरिएर सांसद बन्ने परिपाटी विकास भएकाले निर्वाचन क्षेत्र आरक्षण गरेर जान सकिने बताएका हुन् ।

Kamana Sewa

‘दलितहरुका लागि कुनै निर्वाचन क्षेत्र आरक्षित गर्ने र त्यहाँ विभिन्न दलका दलित उम्मेदबारहरु मात्रै चुनाव लड्न पाउने गरी अघि बढ्न सकिन्छ’, देउवाले भने, ‘यसको लागि संविधान संशोधन गर्न आवस्यक छ ।’ देउवाले दलितहरु राजनीतिको मुलप्रवाहमा नेतृत्वदायि भूमिकामा पुग्न सके विभेद कम हुने बताउँदै पटक पटक एउटै व्यक्तिले दोहोरो–तेहोरो अवसर पाउने परिपाटी परिर्माजन गरी निर्वाचनबाट पनि उनीहरु छानिने विधि अपनाउनु पर्ने बताएका हुन्।

Classic Tech Desktop

‘अहिलेको संयन्त्रमा दलितलाई प्रत्येक्ष चुनावमा उठाउने हो भने जित्नै गाह्रो छ’, देउवाले भने, ‘यसको एउटै विकल्प भनेको निर्वाचन क्षेत्र आरक्षित गरेर दलितहरुबीच मात्रै प्रतिस्पर्धा गर्नु हो ।’ भारतका संविधान निर्माता डा.भीमराव अम्बेडकरले पनि दलितहरुको राजनीति प्रतिनिधित्वका लागि निर्वाचन क्षेत्रनै आरक्षित हुनुपर्ने माग राखेका थिए ।

प्रतिकृया