• ४ असोज २०८३, आइतबार
  • ६ः४८ बिहान

नेपाल आइडल सिजन ३ को विजेता सज्जा चौलागाईं

प्रकाशित मिति

२०७७ भाद्र १३ गते, शनिबार १२:०६

काठमाडौँ, नेपाली सांगीतिक रियालिटी शो नेपाल आइडल सिजन ३ को विजेता सज्जा चौलागाईं बनेकी छिन्। विजेता भएसँगै उनले नगद ५० लाख रुपैयाँ जितेकी छिन्। एपी वान टेलिभिजनमा प्रसारण हुँदै आएको नेपाल आइडलको विजेता घोषणा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले भिडियो सन्देशमार्फत गरेका हुन्।

National Life

सज्जाले नेपाल आइडल सिजन ३ को उपाधि कब्जा गर्दा किरणकुमार भुजेल सेकेन्ड रनर अप र प्रवीण वेडवाल फर्स्ट रनर अप भए। प्रवीणले पुरस्कारस्वरुप नगद १० लाख जितेका छन्। त्यस्तै किरणले नगद ५ लाख रुपैयाँ जित्न सफल भएका छन्।

विश्व महामारी कोरोनाको कारण दर्शक र प्रतिस्पर्धीविनै नेपाल आइडल सिजन ३ को विजेता घोषणा गरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया