• ८ असोज २०८३, बिहीबार
  • ५ः४४ बेलुका

लकडाउन खुलेपछि कोरोना संक्रमण दर बढ्योः डा.गौतम

प्रकाशित मिति

२०७७ श्रावण १७ गते, शनिबार ०६:३१

 

National Life

काठमाडौं । लकडाउन खुलेपछि नेपालमा कोरोना संक्रमितको संख्या वृद्धि भएको छ।

लकडाउन खुल्नुअघिको ११ दिन र लकडाउन खुलेपछिको ११ दिन (साउन ७–१७)को तुलना गर्दा संक्रमितको संख्यामा ०.८ प्रतिशतले वृद्धि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

लकडाउन खुल्नुअघिको ११ दिनमा ४७ हजार ८७७ नमुनाको पीसीआर परीक्षणमा एक हजार ३४५ जनामा संक्रमण देखिएको थियो। यो भनेको २.८ प्रतिशत हो।

त्यस्तै लकडाउन खुलेको ११ दिनसम्म ५८ हजार १७४ नमुनाको पीसीआर परीक्षणमा दुई हजार ९२ जना नयाँ संक्रमित देखिएका थिए। यो भनेको ३.६ प्रतिशत हो।

मन्त्रालयले बन्दाबन्दी खुलेपछि रोकथामका प्रयासहरु पालना नगर्दा संक्रमण बढेको जनाएको छ।

विशेषगरी सामाजिक दूरी कायम नगर्ने, सीमा नाकाबाट स्वाब संकलन नगरी भित्रन दिने र मास्क नलगाउने गर्दा संक्रमणको खतरा झनै बढेर गएको जनाएको छ।

शनिबार मात्रै ३१५ जनामा संक्रमण पुष्ट भएको छ भने संक्रमित संख्या २० हजार ८६ पुगेको छ।

कोरोना संक्रमणको दर बढेसँगै मन्त्रालयले स्थलमार्गबाट आउनेहरुको सीमा क्षेत्रमै स्वाब संकलन गरी रिपोर्ट नआउन्जेलसम्म क्वारेन्टाइनमै राख्न निर्देशन दिएको छ ।

त्यसैगरी २५ जना भन्दा बढी एकै ठाउँमा भेला नगर्न र नगराउन पनि मन्त्रालयले आग्रह गरेको छ । यो निकै आत्मघाती हुनसक्ने स्वास्थ्य मन्त्रालयलका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । गौतमले स्वास्थ्यप्रति विशेष ख्याल गर्न पनि अनुरोध गरे ।

प्रतिकृया