• ६ असोज २०८३, मंगलबार
  • १ः४० राती

ज्यान मार्ने मुद्दाका फरार अभियुक्त १९ वर्षपछि पक्राउ

प्रकाशित मिति

२०७७ श्रावण ६ गते, मंगलवार १०:४९

काठमाडौं । ज्यान मार्ने मुद्दाका फरार अभियुक्तलाई १९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दर हरैचा नगरपालिका–६ महेश्वरमार्गका ३७ वर्षीय फटाहा कान्छा भन्ने प्रेम मोक्तान रहेका छन् ।

National Life

मोक्तानले आर्थिक लेनदेनको विवादलाई लिएर २०५८ वैशाख ४ गते सुनसरी इटहरी उपमहानगरपालिका–९ चोकदेखि पूर्वपट्टी रहेको प्याराडाइज रेष्टुरेन्ट एण्ड पुल हाउसमा ३९ वर्षीय रोशन चौधरीमाथि खुकुरी प्रहार गरेका थिए ।

चौधरीलाई छुरा प्रहार गरी गम्भीर घाइते बनाएर भागेका फटाहा कान्छा भन्ने प्रेम मोक्तान लकडाउनको समयमा गाउँघरमा आएर लुकिछिपि बसेको गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपीले जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

पक्राउ परेका मोक्तानलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । सोही घटनामा ३९ वर्षीय रमित मोक्तान अझै फरार रहेको प्रहरीले जनाएको छ । फरार रमितको खोजीकार्य भइरहेको छ ।

प्रतिकृया