• ६ असोज २०८३, मंगलबार
  • २ः३१ राती

आज ३८औँ बीपी स्मृति दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

प्रकाशित मिति

२०७७ श्रावण ६ गते, मंगलवार ११:५९

 

National Life

काठमाडौं । आज नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको ३८औं स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

बीपीको स्मृतिमा नेपाली काँग्रेस र उसका भ्रातृ संगठनले देशभर विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले बीपि संग्रहालय सुन्दरीजल क्षेत्रमा वृक्षारोपण कार्यक्रम राखेको छ ।

कोइराला २०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि उनी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।

तर, दुई वर्ष पनि काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद् अपदस्त गरेपछि उनी लामो समय भारत निर्वासनमा गएका थिए ।

कोइराला नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिएका कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।

प्रतिकृया