• ३ असोज २०८३, शनिबार
  • ११ः५१ राती

मालिका सेवा समाज बागलुङ द्वारा क्वारेन्टाइन ब्यबस्थापनका लागि पचास हजार सहयोग प्रदान

प्रकाशित मिति

२०७७ जेष्ठ २० गते, मंगलवार ०१:२४

बागलुङ, मालिका सेवा समाज बागलुङ द्वारा क्वारेन्टाइन ब्यबस्थापनका लागि पचास हजार सहयोग गरेकाो छ । शिक्षा र स्वास्थ्यलाई प्रमुख कार्यक्षेत्र बनाई सामाजिक कार्य गर्दै आइरहेको मालिका सेवा समाज बागलुङले विश्व भर फैलिएको कोरोना भाइरस महामारीको विषम परिस्थितिमा कोरोना भाइरसको भयावह अवस्थालाई मध्यनजर गरि भारत लगायतका बाहिरी मुलुकबाट आफ्नो घर फर्केका व्यक्तिहरुलाई स्वास्थ्य सचेतना अनुरुप बागलुङ नगरपालिका –५ का वडा अध्यक्ष शिव प्रसाद सापकोटालाई संस्थाका अध्यक्ष दुर्गा कुँवरले पचास हजार सहयोग हस्तान्तरण गर्नु भयो । सो रकम वडा स्तरमा संचालनमा ल्याएको क्वारेन्टाइन ब्यबस्थापनका लागि प्रयोग गरिने डा अध्यक्ष सापकोटाले बताउनुभयो ।

National Life

कार्यक्रममा उपाध्यक्ष विण्णु कुँवर, सचीव तेज बहादुर कुँवर(सन्तोष), कार्यपालिका सदस्य कालिका सापकोटा, संस्थाका कोषाध्यक्ष दुर्गा बहादुर के.सि, संस्थाका सदस्य प्रकास के.सि र पत्रकार रबिना बोहराको उपस्थिति रहेको थियो।

प्रतिकृया