सीमा विवादबारे भारतसँग तत्काल वार्ता चाहेका छौँ : परराष्ट्रमन्त्री ज्ञवाली
प्रकाशित मिति
२०७७ बैशाख ३० गते, मंगलवार ०१:४४
काठमाडौँ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा विवादबारे भारतसँग तत्काल वार्ता चाहेको बताउनुभएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा लिपुलेक सडक विवादबारे छलफलमा भाग लिँदै उहाँले राष्ट्रिय हितलाई केन्द्रमा राखेर तत्काल वार्ता अघि बढाउन चाहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर हामी वार्ताको प्रयासमा छौँ । सुगौली सन्धिले निर्दिष्ट गरेको हाम्रो सीमा पूर्वमा मेची र पश्चिममा महाकाली हो । अहिले हामीलाई त्यसभित्रको अखण्ड नेपाल चाहिएको हो । इतिहासले सबै ठीक गरिदिएको भए अहिले छलफल गर्नुपर्ने थिएन । यो विषयमा भोलि फुर्सदमा गरौँला भन्ने पक्षमा सरकार छैन ।’’ नोभेम्बर यता वार्ताका लागि पटकपटक प्रयास भइरहेको पनि उहाँले समितिमा जानकारी दिनुभयो ।
Related
Recent News
- सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
- प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया