• ३ असोज २०८३, शनिबार
  • ६ः४६ बेलुका

वाग्मती गाउँपालिकाको आफ्नै गान

प्रकाशित मिति

२०७७ बैशाख ३० गते, मंगलवार १२:१६

ललितपुर, ललितपुरको वाग्मती गाउँपालिकाको आफ्नै ‘वाग्मती गान’ सार्वजनिक गरेको छ । गानमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आर्चायले शब्द रचना गर्नुभएको हो । त्यस्तै स्वर युवराज आचार्य, तुलसी पराजुली, सरोज लामा लगायतका साथीहरुको रहेको छ । उक्त गाउँपालिकाको गानको म्यूजिक कम्पोज तुलसी पराजुलीले गर्नुभएको छ ।

National Life

सोमवार पालिकाको कार्यापालिकाको बैठकले गाउँपालिकाको गान सार्वजनिक गरेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिनुभयो । गाउँपालिकाको गानमा गाउँपालिकाको भूगोल, कला, सँस्कृति र मौलिकताको बारेमा चिनारी गरिएको छ । आगामी दिनमा पालिकाको औपचारिक कार्यक्रममा सो गान गाएर मात्र शुरुवात गरिने छ ।

गाउँपालिकाका अध्यक्ष लोप्चनले वाग्मती गानले गाउँपालिकाको वस्तुस्थिति झल्काएको बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले वाग्मती गानले गाउँपालिकाको मौलिकता र उजार गर्ने प्रयास गरेको जानकारी दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

सोमवार नै बसेको कार्यपालिकाको बैठकले गाउँपालिकाका अध्यक्ष वीरबाहादुर लोप्चन, उपाध्यक्ष रञ्जना घिमिरे, सबै वडाध्यक्ष, वडा सदस्य र कार्यपालिकाका सदस्य गरी ३८ जन जनप्रतिनिधिको बैशाख महिनाका सेवा सुविधा बराबरको रकम गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको उपाध्यक्ष घिमिरेले बताउनुभयो ।  उक्त कोषमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्यले यस अघि नै एक महिनाको तलब र वडा नं. ३ का वडाध्यक्ष विष्णु तिमल्सिनाले एक लाख एक हजार रुपियाँ जम्मा गरिसक्नुभएको छ ।

प्रतिकृया