• ४ असोज २०८३, आइतबार
  • १ः०५ राती

प्रदेश १ मा पीसीआर परीक्षणको दायरा बढाउन, र्‍यापिड टेष्ट रोक्न कांग्रेसको माग

प्रकाशित मिति

२०७७ बैशाख १९ गते, शुक्रबार ०९:०१

मोरङ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रदेश १ मा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण रोक्न माग गरेको छ ।

National Life

प्रदेश नम्बर एकको कांग्रेस संसदीय दलको बैठकले आरडीटी परीक्षणको नतिजा विश्वसनीय नदेखिएको र त्यसविरुद्ध चौतर्फी आवाज उठिरहेकाले तत्काल रोक लगाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले संघीय र स्थानीय सरकारसँग समन्वय गरी आरडीटी परीक्षणको नतिजा विश्वसनीय नदेखिएकाले त्यसलाई तत्काल रोकेर पीसीआर परीक्षणको दायरा बढाउनु पर्ने बैठकले निर्णय गरेको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

हालसम्म आरडीटी परीक्षणमा संक्रमण देखिएकाको थ्रोट स्वाब परीक्षणमा संक्रमण देखिदैन भने संक्रमण नदेखिनेमा स्वाब परीक्षणमा संक्रमण देखिँदै आएको प्रदेश सरकारकै तथ्यांकले प्रष्ट पार्दै आएको उनले भने ।

प्रतिकृया