नेपालगञ्जमा एकजनामा कोरोना पुष्टि भएपछि चार स्थान ‘सिल’
प्रकाशित मिति
२०७७ बैशाख १९ गते, शुक्रबार ०८:५४
नेपालगन्ज । नेपालगञ्जका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सहरका चार स्थानलाई सिल गरिएको छ । कोरोना पोजिटिभ देखिएका व्यक्ति नेपालगन्ज उपमहानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय पुरुष हुन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकाश देवकोटाका अनुसार नमूना परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो र उनी भेरी अस्पतालमा रहेका छन् । डा देवकोटाका अनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा संक्रमितलाई ल्याउँदै गरिएको छ ।
ति पुरुषमा संक्रमण देखिएपछि नेपालगञ्जका डिएसपी रोड, वडा न ८ महेन्द्र पार्क, धम्बोजी चोक र एकलैनी क्षेत्र सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले जानकारी दिएका छन्।
संक्रमित व्यक्तिको आवतजावत भएको सम्भावित स्थानलाई सिल गरिएको हो ।
संक्रमित व्यक्ति डिएसपी रोडस्थित घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक आउजाउ गर्दै आएका थिए । जसका कारण उनी थुप्रै व्यक्तिहरुको सम्पर्कमा पुगेको हुनसक्ने भन्दै सिल गरिएको बताएका छन् ।
नेपालगञ्ज धम्वोजीका अर्का एक युवामा पनि संक्रमणको आशंका गरिएपछि यो क्षेत्र सिल गरिएको छ । ती युवा धम्बोजीस्थित मस्जिदमा बस्दै आएका थिए ।
उनलाई पनि खजुरास्थित क्यान्सर अस्पतालमा रहेको आइसोलसनमा राखिएको छ । उनको पनि स्बाव संकलन गरिएको छ ।






प्रतिकृया