• २३ भदौ २०८३, मंगलबार
  • २ः०४ दिउँसो

अमेरिकामा ट्रम्पको आँकलन भन्दा बढी कोरोना संक्रमणबाट मृत्यु

प्रकाशित मिति

२०७७ बैशाख १९ गते, शुक्रबार ०८:१६

 

National Life

एजेन्सी । केही दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ६२ हजार मानिसको मृत्यु हुनसक्ने अनुमान सार्वजनिक गरेका थिए । कोरोना संक्रमण उचाईमा पुगिसकेको भन्दै अब नियन्त्रणमा आउने उनको अनुमान थियो ।

यसअघि २ लाख २० हजार मानिसको मृत्यु हुनसक्ने वाइट हाउसको प्रक्षेपण भएकोमा ट्रम्पले नयाँ अनुमान गरेका थिए । तर, अहिले नै अमेरिकामा ६३ हजार मानिसको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

पछिल्लो तथ्यांक अनुसार मृतक संख्या ६४ हजार नजिक पुगेको छ । झण्डै ११ लाख मानिस कोरोना भाइरसबाट संक्रमित भइसकेको छ ।
विश्वभर ३३ लाख मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको तथ्यांक छ । २ लाख ३४ हजारको मृत्यु भइसकेको छ ।

अमेरिकापछि इटालीमा २७ हजार, बेलायतमा २६ हजार, स्पेन र फ्रान्समा २४ २४ हजार मानिसको मृत्यु भइसकेको छ । दिन प्रतिदिन कोरोना भाइरसको संक्रमण विश्वभर बढिनै रहेको छ । एकै दिनमा ५० हजार देखि १ लाखसम्म कोरोनाको संक्रमित संख्या बढ्न थालेका छन् ।

प्रतिकृया