• ५ असोज २०८३, सोमबार
  • ६ः४९ बेलुका

विपन्न परिवारलाई सहयोग गर्दै समाजसेवी विष्णुराज कार्की

प्रकाशित मिति

२०७६ चैत्र १६ गते, आईतवार ०७:४७

 

National Life

भक्तपुरः सूर्यविनायक नगरपालिका–२, बालकोट बस्ने समाजसेवी विष्णुराज कार्कीले लकडाउनको समयमा दैनिक कमाई गरी खानुपर्ने समस्या भइरहेका ५० भन्दा बढी विपन्न बर्गका परिवारलाई दाल चामल सहयोग गरेका छन् ।

सूर्यविनायक नगरपालिकाका मेयर पदका निकटतम प्रतिद्वन्दी उम्मेदवार कार्कीले प्रति परिवार १० किलो चामल र एक किलो दाल निःशुल्क राहत स्वरुप सहयोग गरेका छन् । कार्कीले शुक्रबार राति सडकमा अलपत्र परेका १० जनालाई खानेकुरा र मण्डी समेत वितरण गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने अति विपन्न र असहाय परिवारलाई राहत होस् भन्ने मनसायले आफूले सकेको सहयोग थालेको गरेको उनले बताए । बिपतको समयमा मानवताको नाताले सेवा गर्नुनै धर्म रहेको उनले बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकबाट आफूले त्यस्ता व्यक्तिहरुलाई सहयोग गर्न चाहेको व्यहोरा राखेपछि समस्यामा परेको परिवारहरु सम्पर्क आएपछि उनीहरुलाई सहयोग गरेका थिए ।

नेपाली कांग्रेस महासमिति सदस्यसमेत रहेका उनले स्थानीय रुपमा खटिएका तरुण दलका कार्यकर्ता मार्फत जाँंचबुझ गरी समस्यामा परेका परिवार मात्र दिएका थिए।
यसअघि पनि आफूले सरकारी स्कुलका बालबालिकाहरुलाई सहयोग गर्दै आएको बताएका छन्। आफुले सकेको सहयोग निरन्तर गरि रहन ेकार्कीले बताएका छन् । हाललाई भक्तपुर जिल्ला भित्रका परिवारलाई सहयोग गर्ने बताए ।

प्रतिकृया