• ५ असोज २०८३, सोमबार
  • ७ः२२ बेलुका

सन्तोष कोइराला माछापुछ्रे बैंकको सीइओमा नियुक्त

प्रकाशित मिति

२०७६ चैत्र ११ गते, मंगलवार ०८:४२

काठमाडौं । माछापुछ्रे बैकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सन्तोष कोइराला नियुक्त भएका छन् ।

National Life

सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले कोइरालालाई बैसाख १ गतेदेखि लागू हुने गरी सीइओमा नियुक्ती गरेको हो ।
गत चैत २ गतेदेखि कोइराला कामू सीइओ भइ जिम्मेवारी सम्हालेका थिए ।

२ दशकभन्दा बढी बैंकिङको अनुभव भएका कोइराला बैंकको डेपुटी सीइओका रुपमा कार्यरत थिए । तत्कालीन सीइओ सुमन शर्माले राजीनामा दिएपछि कोइराला कामू सीइओ हुँदै सीइओमा नियुक्त भएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया